जापान

कोरोना संक्रमित जैसीको उपचारका क्रममा जापानमा मृत्यु

कोरोना संक्रमण भई अस्पतालमा उपचाररत जापानको साईतामा राज्यमा बस्दै आएका बाग्लुङका मोहन जैसीको सोमबार सांझ मृत्यु भएको छ ।

दक्ष कामदार कुक भिसामा करिव सात वर्षयता जापानमा रहदै आएका बाग्लुङ नगरपालिका(७ गैरागाउँका करिव ४२ वर्षका जैसी करिव दुई महिना यता कोरोना संक्रमण भई अस्पतालमा उपचाररत हुवुहुन्थ्यो ।

केही दिन अस्पतालमा उपचार पश्चात घर फर्किए पनि पुन स्वास्थ्यमा समस्या देखिएपछि जैसीलाई भर्ना गरिएको थियो । कोरोना संक्रमणका कारण फोक्सोमा असर गरेकोले मृत्‍यु भएको अस्पतालले बताएको परिवार स्रोतले जानकारी दियो ।

जैसीको मृत्‍यु कोरोनाले भएकोले दाहसंस्कार स्थानीय सरकारको तर्फबाट यही शनिबार हुने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button