जन सरोकार

कोभिड १९ संक्रमण रोकथाम र चाडपर्व सुरक्षा योजना, ४८ हजार प्रहरी परिचालन

कोभिड १९ को महामारी बढिरहेका बेला मुलुकमा प्रमुख चाडपर्व दशैं, तिहार सुरु भएको छ । यस्तोमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना र शान्ति सुरक्षा कायम गर्ने दोहोरो जिम्मेवारी पाएको नेपाल प्रहरीले चाडबाड लक्षित सुरक्षा योजना तयार गरेको छ । प्रहरीले दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले देशभर ४८ हजार ८ सय ३० प्रहरी परिचालन गर्ने भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी परिचालन हुने भएका हुन् । दशैं तिहारमा सबैभन्दा धेरै बागमती प्रदेशमा प्रहरी परिचालन हुने भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि चार हजार ९५३ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीलाई परिचालन गर्ने भएको छ ।

नेपालभरमा ट्राफिक सहितको संयुक्त चेकिङ ४९० वटा र २६४ वटा यात्रु सहायता कक्ष संचालन गर्नेछ । प्रवक्ता कठायतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष २१ वटा राख्नेछ ।

प्रदेश नं १ बिराटनगरले सात हजार ९२२ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ८३ वटा र यात्रु सहायता कक्ष ३५ वटा राख्नेछ ।

प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले सात हजार ३९० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष ३३वटा संचालन गर्नेछ ।

बागमती प्रहरी कार्यालय हेटौडाले चार हजार ९५३ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ६२ वटा र यात्रु सहायता कक्ष ३९ वटा संचालन गरिसकेको छ ।

गण्डकी प्रहरी कार्यालय पोखराले पाँच हजार ३०३ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ७३ वटा र यात्रु सहायता कक्ष ३६ वटा राख्नेछ ।

लुम्बिनी प्रदेश कार्यालय दाङले सात हजार ८५०प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ८७ वटा र यात्रु सहायता कक्ष ४२ वटा राख्नेछ ।

कर्णाली प्रदेश कार्यालय सुर्खेत तीन हजार ७९७ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ २८ वटा र यात्रु सहायता कक्ष १० वटा राख्नेछ ।

सुदुरपश्चिम प्रहरी कार्यालय दीपायलमा पाँच हजार ५० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ४९ वटा र यात्रु सहायता कक्ष ४० वटा राख्नेछ ।

कठायतका अनुसार नेपालभरका प्रमुख सहरहरुमा आवश्यकता अनुसार ड्रोनको प्रयोग गरेर सुरक्षाको दिने तथा चेकिङस्थलमा तालिम प्राप्त कुकुरहरुको समेत प्रयोग गरिने प्रवक्ता कठायतले भन्नुभयो । त्यस्तै प्रदेश प्रहरी कार्यालयहरुले समेत जिल्ला जिल्लामा कसरी चाडपर्वमा सुरक्षा दिने भनेर सादा पोसाकमा प्रहरी परिचालनदेखि लिएर मोवाइल गस्ती, साइकल गस्ती तथा नियमित चेकजाँच गर्ने प्रवक्ता कठायतले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button