जल/वातावरण

नेपालमा कोरोना संक्रमण- निको हुनेभन्दा थपिने धेरै

नेपालमा पछिल्ला कही हप्तायता कोरोना संक्रमिका संख्या अनपेक्षित रुपमा बढिरहेको छ र निको भएर घर फर्कनेको तुलनामा संक्रमित हुनेको संख्या बढिरहको छ । बिहिबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने यसबीचमा ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रतिमध्ये काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ संक्रमित छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । हाल ३६ हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६९४ पुगेको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.