जन सरोकार

फेसबुकमा बलात्कारी संगठन चलाउने बस्नेत नवलपरासीबाट पक्राउ

सामाजिक संजाल फेसबुकमा बलात्कारी संगठन आइडी बनाएर चलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत छन् । बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको छ ।

पक्राउ

बस्नेतलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिनुभएको छ ।

पछिल्लो समय बढदो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । त्यसपछि यो ग्रुप चर्चामा आएको थियो ।

यो समहमा अश्लिल विषयहरु लेखिएपछि सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिसकेको छैन ।

सम्बन्धित खबर

Back to top button