भारतका प्रशिक्षकले रातो कार्ड पाएर आज हुने फाइनल खेलमा मैदानको लाइनमा बस्न नपाउने भएपछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई खेलअघि प्रतिबन्ध लगाएपछि आक्रोश पोख्दै साफले भारतलाई खेल अगावै उपाधी दिन चुनौति दिनुभएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा उहाँले साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिनुभएको हो ।
अलमुताइरीले आफ्नै नियमको उल्लंघन गर्दै अन्यायपूर्ण निर्णय गर्ने साफबाट के अपेक्षा गर्ने भन्ने प्रश्न गर्दै भन्नुभयो ‘साफले नियम मान्नुपर्छ तर साफले एकपक्षीय निर्णय गरेको र मेरा लागि आफ्नै नियमको सम्मान गरेन’ ।
‘खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षकले रातो कार्ड पाए भनेर मलाई कारवाही गर्नु उचित भएन ।’
उहाँले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताउनुभयो ।
अलमुताइरीले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा दुःख व्यक्त गर्दै भन्नुभयो ‘साफको निर्णयले मलाई निकै दुस्ख लागेको छ । साफले ममाथि किन निशाना साँधेको हो ? मलाई किन यस्तो व्यवहार गरियो । मैले बुझ्न सकेको छैन ।’
साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने बताउँदै उहाँले यो निर्णय सही भएन, मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो । भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो । यो सरासर अन्यायपूर्ण निर्णय हो ।’
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको एन्फा जनाएको छ। तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।
साफ च्याम्पियनसिपको उापधिका लागि नेपालले शनिबार राति भारतको सामना गर्दैछ। माल्दिभ्सको राजधानी मालेमा हुने फाइनल खेल राति ८स्४५ बजे सुरु हुनेछ।
प्रतिक्रिया राख्नुहोस्