व्यवसायीबाट ३० लाख असुल गरेको घटनामा प्रहरी निरीक्षक शाहीबिरुद्ध पक्राउ पुर्जी
एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा मुछिएपछि निलम्बनमा परेकी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

३० लाख रुपैयाँ असुली गरेको घटनाबारे छानबिन गर्न बनेको समितिको सिफारिसको आधारमा चालक हमाल र शाहीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शाहीविरुद्ध पक्राउ पुर्जी जारीसँगै थप अनुसन्धानको कार्य अघि बढ्ने बताइएको छ । ललितपुर प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरी सो प्रतिवेदन अदालतमा बुझाइने बताएको छ ।
प्रहरी निरीक्षक शाही पक्राउ पुर्जी जारी भएलगत्तै सम्पर्कमा नरहेको र खोजी जारी रहेको बताइएको छ । यसअघि, प्रहरीले शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई समेत पक्राउ गरिसकेको छ ।
एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएपछि शाहीलाई निलम्बन गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्