नेपाल फेस्टिवल २०२४ को स्टल बुकिङ खुला, प्रतिस्टल शुल्क ४५ मान येन
नोभेम्बर १० तारिखसम्म बुकिङ, १५ तारिखमा भुक्तानी सहितको तोकिएको प्रणाली अनुसार स्टल बाँडफाँड
आउँदो नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा आयोजना हुने १४ औं नेपाल फेस्टिवलको स्टल बुकिङ खुला गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले एक सूचना जारी गरी स्टल बुकिङ खुला गरेको जानकारी दिंदै समयमै आफ्नो स्टल बुकिङ गर्न अनुरोध समेत गरेको छ ।
पहिला आउनेलाई प्राथमिकता दिने विगतदेखिकै नीति अनुसार यसपटक नेपाल फेस्टिवलमा विभिन्न व्यापारिक व्यावसायिक र सेवामुलक स्टलहरु राख्ने व्यवस्था मिलाइएको छ ।
यस पटक रेष्टुरेन्ट अर्थात फुड स्टल प्रयोजनका लागि ६/३ मिटर का १२ वटा र अन्य व्यावसायिक सेवामूलक प्रयोजनका लागि ३/३ मिटर का २५ वटा गरि कुल ३७ स्टल रहने भएको छ ।
गैरआवासीय नेपाली संघ, जापानस्थित नेपाली दूतावास र नेपाल आदिवासी जनजाति महासंघकाो आयोजनामा हुने नेपाल फेस्टिवलको स्टल बुकिङ सम्बन्धी पूर्ण विवरण यसप्रकार छ—
प्रतिक्रिया राख्नुहोस्