खेलफूटबल

साफ च्याम्पियनसीप : नेपाल उपविजेतामा सीमित

माल्दिभ्समा सम्पन्न १३ औं साफ च्याम्पियनसीपको उपाधी भारतले उचालेको छ । फाइनल खेलमा भारतले नेपाललाई ३-० ले पराजित गर्दै आठौंपटक उपाधी जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै भारतले लगातार २ गोल गरेपछि दवावमा आएको नेपालले त्यसपछि धेरै आक्राण्म बुने पनि सफल हुन सकेन ।

खेल सकिने केही मिनेट बाँकी रहँदा भारतले तेस्रो गोल गर्दै नेपाललाई ३-० ले पराजित गर्न सफल भयो । नेपालको ‘टेक्निकल एरिया’ मा प्रतिबन्धका कारण प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी थिएनन् ।

नेपालका लागि उनको अन्तिम खेलमा खेलाडीले जित उपहार दिन सकेनन् । यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उपविजेतामै सीमित रह्यो भने भारतले प्रतियोगितामा आफ्नो एक छत्र प्रभुत्व कायम राख्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.