जन सरोकार
गोरखामा ४.३ रेक्टरको परकम्प
२०७२ साल वैशाख १२गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दू बनेको गोरखामा आज पराकम्पन गएको छ । समाचार अनुसारगोरखाको मानबु आसपास केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको हो ।

बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका बरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
परकम्पको धक्काको महशुस भई स्थानीय वासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्