जन सरोकार

चौधरीको हत्या आशंकामा पत्नीसहित चारजना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको छ । प्रहरीले हत्याको अनुसन्धानका लागि रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले शनिबार बिहान घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा मृत अवस्थामा फेला परेका चौधरीको हत्या गरिएको खुलेको जानकारी दिनुभयो ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएपछि प्रहरीले संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन । मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button