जन सरोकार

दशैंका लागि जीउँदो खसी-बोका किलोको छ सय ८० मा बेच्ने

यस वर्षको बडा दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जीउँदो खसी-बोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मूल्य कायम गरेको छ ।

खाद्यले भोलि मङ्गलबारदेखि सर्वसाधारणका लागि खसीबोका तथा च्याङ्ग्रा विक्री गर्नेछ र तोकिएको मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् ।

कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो ।

कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.