व्यावसायिक शिक्षा र तालिम ऐनका विषयमा सुझाव संकलन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐनका विषयमा सरोकारवालाहरुसंग सुझाव संकलन गर्नुभएको छ ।

बहिबार मन्त्री भट्टराइको अध्यक्षतामा व्यावसायिक शिक्षा र तालिम ऐन २०८१ को मस्यौदामाथि भएको छलफलमा विभिन्न सुझावहरु प्रस्तुत भएको हो ।
मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू सिटीइभिटीका सदस्य सचिव र निर्देशकहरू सहभागी छलफलमा ऐनको मस्यौदाका विविध पक्षमा आआफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो ।
उक्त छलफलमा प्रस्तावित ऐनको मस्यौदामा रहेका परिषद्को गठन, संघीय प्रदेश संरचना, सीप परीक्षण समिति, ऐनले समेट्ने क्षेत्र, अन्तरमन्त्रालय समन्वय, कार्यरत कर्मचारीको सेवा सुविधाको निरन्तरता र कर्मचारी समायोजन जस्ता विषयमा सहभागीहरूले आ आफ्ना सुझाव तथा विचार राख्नु भएको थियो ।
उक्त कार्यक्रममा मन्त्री विद्या भट्टराईले यो छलफलबाट प्राप्त सुझावहरूलाई समावेश गर्ने, मस्यौदालाई सरोकारवालाहरूसँग अझै छलफल गर्ने र परिपक्व ऐनको मस्यौदा तयार गर्नुपर्ने बताउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्