भैरहवाबाट ओखलढुंगा जाँदै गरेको स्कारपियो मध्यरातमा दुर्घटना- पाँचजनाको मृत्यु
दशैंमा घर आउने क्रममा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी गएको बुझिएको छ ।
समाचार अनुसार बा२०प७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमकाअनुसार ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन् । दुर्घटनामा परेर मृत्यु भएकामध्ये दुई पुरुष र एक महिलाको पहिचान भएको छैन ।
पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ
प्रतिक्रिया राख्नुहोस्