संयुक्तराज्य अमेरिकामा हुने आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला खेल्न अमेरिकाले सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

यसअघि अमेरिकामै सम्पन्न टी २० विश्वकपका लागि भिसा नदिएका कारण अमेरिकामा भएको विश्वकपका दुई खेल उनले गुमाएका थिए । अमेरिकाले यसपटक आफ्नै भूमिमा हुने खेलका लागि लामिछानेलाई भिसा दिएको हो ।
भिसा प्राप्त भएपछि विश्वकप लिग २ खेल्नका लागि सन्दीप आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि क्यानडाको भ्रमण सकेर नेपाली टाली अमेरिका जाँदा भिसा नभएका कारण सन्दीप नेपाल फर्केका थिए । नेपालले शुक्रबार नै अमेरिकासंगको टी २० श्रृङ्खलाको पहिलो खेलमा जित हात पारेको छ ।
लिग टु अन्तरगत अमेरिका, स्कटल्याण्ड र नेपालको श्रृङ्खला अक्टोबर २५ देखि सुरु हुनेछ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका छ ।
प्रतिक्रिया राख्नुहोस्