जापान

फुकुओकामा नेपाल जापान मैत्रीकप फुटवल हुने

जापानको फुकुओकामा नेपाल जापान मैत्रीकप गाँउले फुटवल प्रतियोगिता हुने भएको छ । जापानका स्थानीय खेलाडीहरु सम्मिलित खासुया क्लव फुकुओका र विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरुको टोलीले नेपाल फुटवल क्लवको तर्फबाट प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपाली तथा जापानी नागरिक बीचमा भाइचारा तथा मैत्रीपूर्ण सम्वन्धलाई थप उचाईमा पुर्याउने उदेश्यले आयोजना गरिएको फुटबल प्रतियोगितालाई गैरआवासीय नेपाली संघ एनआरएनए क्युसु क्षेत्रीय समिति तथा वाजिरो नेपाली सोसाईटिले सहयोग गरेको छ ।

गाउँले नेपाली रेष्टुरेन्टको आयोजनामा आगामी नोवेम्वर १४ तारिखमा हुन लागेको प्रथम नेपाल जापान मैत्रीकप फुटवलका नेपाली तर्फका खेलाडीको छनौट सुरु गरिएको आयोजकले जनाएको छ । नेपाली खेलाडीहरुको छनौट सुनिल गुरुङले सुरु गर्नुभएको बताइएको छ ।

आयोजक समितिका किरण बर्माका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई नगद पचास हजार येन पुरस्कारको समेत व्यवस्था गरिएको छ । साँझ सात बजेबाट हुने खेलमा खेलाडीहरुको हौसलाका लागि जापानवासी नेपालीहरुमा सहभागिताका लागि आयोजकले अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.