२४ घण्टामा थपिए ३ हजार ७ सय ९० जना, उपत्यकामा २ हजार ३ सय १४ जना
सोमबार थप ३ हजार ७ सय ९० जना कोरोना सक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौँ उपत्यकामा २ हजार ३ सय ८८ जना रहेका र तीमध्ये सबैभन्दा बढी काठमाडौँमा २ हजार ८८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना थपिएका हुन ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको जानकारी दिनुभयो । यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४ सय ७० जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्