प्रबास

आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय कमिटी गठन

विश्वभर छरिएर रहेका नेपालका आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय कमिटी गठन भएको छ । अमेरिकाका मान राना मगरको संयोजकत्वमा २१ सदस्यीय समिति गठन भएको हो ।

कमिटीको सहसंयोजकमा शिव भुजेल, कतार, दस्यसचिव पासाङ शेर्पा, दुबाई र आर्थिक संयोजक विमला सेने लिम्बू, बेलायत रहनुभएको छ ।

यसै गरी संस्थापक सदस्यहरूमा लोक चेम्जोङ, अमेरिका, अरूणकुमार तामाङ, अष्ट्रेलिया,श्री मिङ्मार शेर्पा, इजरायल, पुरूषोत्तम सुनुवार, कतार, अमृत तामाङ, कुवेत, वीरकाजी गुरूङ, क्यानडा, सञ्जीव राई, जापान, युगेल तेन्डुप शेर्पा, दक्षिण कोरिया र हेमबहादुर गुरूङ, पोर्तुगल हुनुहुन्छ ।

त्यस्तै झहरमान थेबे, बहराइन, बाबुराजा लामा, बेल्जियम, भिमकुमार राई, मकाउ,विपिन राई, मलेसिया, विजयलक्ष्मी राई, युएइ (दुबई), कमानसिंह कर्मा पहाडी शेर्पा, बेलायत, खेम गुरूङ, साउदी अरब र किसन राई, हङकङ रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.