राजनीति

मन्त्री नेम्वाङलाई पनि कोरोना संक्रमण- संक्रमित मन्त्रीको संख्या ४

अहिलेसम्म सरकारका चार मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गर्नुभएको छ ।

सोमबार मात्र अहिलेसम्म सङ्घीय सरकारमा तीन मन्त्रीलाई सङ्क्रमण पुष्टि भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.