कोरोना अनुभव- केही नखाए पनि बाँचिदो रहेछ !
ईश्वरी कँडेल
बसाई टोकियो जापान, यही अक्टोवरमा सपरिवार नेपाल जाने तयारी साथ कम्पनीबाट छुट्टी मिलाइएको थियो । जहासम्म अक्टोवर १५ २० तिर नेपालको यात्रा गरिन्थ्यो होला । म पहिला पनि रेलको यात्रा दिनको २ ३ पटक गर्ने मान्छे जब कोभिड १९ जन्मियो ८, ९ महिनामा बाध्यताबस मुस्किलले ४, ५ पटक रेल यात्रा गरें होला । हुनीलाई टाल्न सकिन्न भने जस्तै अक्टोवर ४ तारिख साथीभाइको लागि र आफ्नै गुम्साहट कम हुन्छ कि भनि यसो फ्रेस हुन बाहिर निस्कियो । ४ तारिखबाट पुरै छुट्टी पनि गरियो ४, ५, ६, ७ साथीभाइसित गाडीमा केही ठाउँमा घुम्ने र संगै खाना पनि खाइयो र घरमै बसियो ।
आठ तारिख़को दिन हल्का ज्यान दुख्यो गाडीको यात्राले होला भन्ने सोचियो नेपाल जाने भएकोले काममा जान परेको थिएन आराम गरें परिवारसितै थिए । छोरो पनि ६ बर्षको बिहान स्कुल मैले नै लाने गर्थे २ दिन लगिन र छोरालाई पनि बाबु मलाई नछोउ है मलाई अंगालो हाल्न नआउ भने पछि दैनिक लागेको बानी गालि गर्यो भनेर छोरो पनि पिलपिल गरी पिरियो रुन थाल्यो । सबैलाई आफ्नोभन्दा बढी माया सन्तानकै लाउने आफूलाई जे भएनि परिवारलाई केही नहोस भन्ने हुने र यो बिचमा केही आफूसंगै खाना खाएका एकदम करीबका आत्मिय साथीहरुलाई कोरोना पोजेटिभ भएको (कोरोना लागेको) खबर बाहिर आयो ।
त्यसपछि ज्यान सार्है भारी भयो झ्याम्म पारी चक्कर लाउला जस्तो भई ढलुला जस्तो भयो अनि शनिवार, आईतबार आयो त्यही २ दिन मलाई पनि ज्वरो आयो शनिवा, आईतबार सरकारी बिदा हुने भएको हुँदा जचाउन जाने त्यति मेसो परेन । सोमवार जान्छु भनि घरै बसे सोमवार गएर जचाए र रिपोर्ट आउनजेल घरमै बस भन्यो । ज्यान काम पनि बिदा भएकोले घरमै बसे र ३ दिनमा रिपोर्ट आयो कोरोना देखियो भनि तर ज्यान पहिलाको जस्तै फ़िट एण्ड फाइन नर्मल भइसकेको थियो, हस्पिटल जानुपर्छ भन्यो र भोलिपल्ट लग्यो ।
जापान भनेर मात्र भएन ठाउँ अनुसार फरक पर्ने, हस्पिटल नेपालको सरकारी वार्ड टाईपको पर्यो सबै कोरोना बिरामी छिर्दाबित्तिकै मलाई यस्तो महसुस भयो कि मलाई अहिलेसम्म बरु केही भएको छैन । अब म बल्ल बिरामी हुन्छु मैले हस्पिटलमा सुबिधा नै खोजेको त होइन तर मलाई जेलमा कोचे जस्तो लाग्यो । सेयरिङ ट्वाईलेट बाथरूम वरीपरि लगभग सबै ६०, ६५ कटेका बृद्ध २०, ३० जना सबै सिरियस जस्ता तिनीहरुको कासो अनि आत्तिएर मुखबाट निकालेको आवाज़ कोरोना बिरामीको आवाज़ यति असैह्य भयो सीमा रहेन । नर्स पनि कुनै कुनै पानी माग्दा नि रिसाउने मलाई पनि रिस उठ्यो म यहाँ बिरामी भएर आएको हो कि मलाई बिरामी पार्न ल्याएको हो ?
म यस्तोमा बस्न सक्दिन म पैसा खर्च गर्न परे पनि गर्छु मलाई यहाँबाट ट्रान्सफ़र गर्दे भने । मैले क्याप्टन बिजय लामाको पीडादायी भिडियो हेरेको थिएँ म पनि कतै त्यस्तै भएर निस्कन पर्ने त हैन भन्ने भयो । नर्सले कासो लाग्छ कि लाग्दैन भनि सोध्थे हस्पिटल आउनु भन्दा पहिला लागेको थिएन ३ दिनको घुटनले त्यो पनि सुरु भयो अनि ३ दिनमा हस्पिटलको खाना छाकमा १० ग्राम एक चमच शुख्खा भात भन्दा निल्न सकिएन । ३ दिन त केही नखाए पनि बाँचिदो रहेछ, नौलो अनुभव पनि भयो । मेरी श्रीमतीले २, ३ वटा स्याउ र सुन्ताला हाल्दिएकि थिइन अटैचीमा तर त्यो पनि खोलौ जस्तो त लागेन वाताबरण र ठाउँले गर्दा । तर कम्जोरी फिल हुँदै जाँदा पावरको लागि सुन्तला खाएँ । अस्पतालमा धेरै नै भनेको भनै गरेपछि ३ दिनको दिन होटेलमा ट्रासफर गर्ने भयो ।
बास्तबमा यो ३ दिनमा मलाई यो घुटनले बल्ल पो बिरामी नै पार्यो । टयाक्सीमा होटेल जादै गर्दा थोरै टयाक्सीलाई झ्याल खोलिदिन आग्रह गरें । त्यो बाटोको चिसो हावाले प्राण जाग्यो ।
बिचमा कति साथीहरुले मनैदेखि चिन्ताले हालचाल बुझ्न अहिले कस्तो छ भनि फ़ोन मेसेस गर्नुभयो । धेरै खुसी पनि लाग्यो । कतिले कोरोना लागिहाल्यो भने के के गर्दो रहेछ त ? सिस्टम के हुदो रहेछ कस्तो गर्दो रहेछ भने भने कतिले चै हजुर बाहिर डुल्नै नहुनि भन्दै ठूलो पल्टिए ।
नलाग्नु कोरोना लाग्यो अवका दिनमा कोरोनाले के कस्तो अनुभव सिकायो त्यो बारेमा समेत थोरै बिचार लेख्दै छु जस्लाई बढी नजिकको सोचिन्थ्यो केही आश पनि राखिन्थ्यो र सकेको आफुले पनि गरिन्थ्यो तीमध्य धेरै मलाई प्रयोग गर्ने आफ्नो मान्छे हो भनि नाटक गर्ने रहेछन कतिले सामान्य रहँदा प्रत्यक दिन एकएक खबर राख्ने तर आफ्ना भनाउदाहरुले कन्ट्याक गरेनन ।
केही सहयोग माग्छ कि भनेर थाहा पाए पनि चुपचाप बसे । केही कारोबार भएकाले कतै मरेर बर्बाद हुन्छ कि जस्तो गरी दिनहुँ अनेक किसिमले यातना दिन पनि छोडेनन । म मान्छे कमाए पैसाको खाँचो हुन्न भन्ने सोच्ने गर्थे जसलाई जतिसुकै सहयोग गर्नुस् आफ्नो सम्झेर प्राण दिन खोज्नुस् तर २४ घन्टा पैसा मात्र सोच्ने सोच भएका ब्यक्तिलाई नाटकीय शैली जस्तै आफ्नै बाबु आमा र दिदी बैनी या परिवारमा कोहि बिरामी भए पनि उसले वा केही ब्यक्तिहरुले यो बिषयमा केही सोच्ने रहेनन र म पनि आफ्नो बिगारेर साथी वा आफ्नो मान्छे भनेर अब पनि हिडें भने म महामुर्ख ठहरिनने छु भन्ने सोचे ।
अन्त्यमा कोरोना एक महामारी हो, थियो र अबका दिनमा समेत यसले धेरैलाई सताउने देखिन्छ । तसर्थ सवैले आआफनो स्थानबाट सुरक्षित रहने अनि सुरक्षित रहन कोसिस गर्न आग्रह गर्न चाहन्छु ।
प्रतिक्रिया राख्नुहोस्