राजनीति

बाढी-पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ

बेमौसमी वर्षाका कारण भएको जनधनको क्षतिको आँकलन गरिरहेको सरकारले विपदमा परी मृत्यु हुनेको परिवारलाई तत्काल जनही २ लाख रुपैयाँ राहत दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको हो ।

त्यसै गरी अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।बुधबार नै सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषदको बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधबार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.