कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले घरेलु टोली अमेरिका सामू जितको लागि १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस जितेर पहिला ब्याटिङको गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । नेपालका लागि अमेरिकाविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो।
नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा ६ छक्का र ७ चौकाको मद्दतमा अविजित रहँदै ९२ रनको अर्धशतकीय पारी खेले भने ओपनर अनिलकुमार शाह २५ रन बनाए । त्यस्तै गुलसन झा १९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १८ र करण केसी ६ रनमा अविजित रहे।
अमेरिकाका लागि जसदीप सिंह र नोस्थस केन्जीगेले समान २-२ विकेट लिएकाभने सौरभ नेत्राभलकरको भागमा एक विकेट रह्यो । यसअघि भएको पहिलो टी–२० सिरिजमा नेपालले अेमिरकालाई १७ रनले पराजित गरेको थियो।
प्रतिक्रिया राख्नुहोस्