राष्ट्रपति भण्डारीबाट रानीपोखरीको उद्घाटन
पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १२ बजेतिर पुनःनिर्माण गरिएको रानीपोखरीको उद्घाटन गर्नुभएको हो ।
उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित थियो ।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो । २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।
यसअघि असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि सुनको लेपन भएको गजुर राखिएको हो ।
प्रतिक्रिया राख्नुहोस्