राजनीति

गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित हुनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा उहाँ सन् २०२१ देखि २०२३ का लागि निर्वाचित हुनुभएको हो ।

बोर्ड सदस्यका रुपमा उहाँले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नुहुने भएको छ । उहाँले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताउनुभएको छ ।

उहाँले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गर्नुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौँको क्षेत्र नं ४ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

थापा प्रतिनिधिसभाका लागि तेस्रो पटक सांसद हुनुहुन्छ । पहिलो पटक समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनुभएका उहाँ बाँकी दुई पटक भने प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.