जन सरोकार
अपडेट : धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प
धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकालगायत धादिङ गोरखा, नुवाकोट, कास्कीसहित विभिन्न जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्