जन सरोकार
मृत अवस्थामा दुई जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । झापा, गौरीगंज गाउँपालिका-३ क्याम्पस मोड बस्ने ६९ वर्षीय राम बहादुर थापा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा लामा चोक बस्ने ६८ वर्षीय राम बहादुर सुनार आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्