राजनीति

एमाले उपाध्यक्ष रावलद्वारा राजीनामा

नेकपा एमालेका उपाध्यक्ष तथा १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलका संयोजक डा भीमबहादुर रावलले १० बुँदे प्रस्तावको पूर्ण कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै संयोजक पदबाट आफूले राजीनामाको घोषणा गर्नुभएको छ ।

पत्रकारसँग कुरा गर्दै उहाँले आफूले उक्त प्रस्ताव कार्यान्वयनका लागि सुझावसहितको प्रतिवेदन दिएकामा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको भावनाविपरीत धारणा राखेकाले लिखित राजीनामा दिने जनाउनुभयो ।

पार्टीका उपाध्यक्ष रावलले केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन गर्ने प्रस्ताव नल्याएर दुई जना केन्द्रीय सदस्य मात्रै थप गर्ने प्रस्ताव ल्याइएकामा बैठकमा फरक मत दर्ज गरेको जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.