राजनीति

“बाँचुञ्जेल राम्रो काम गर्नु नै सफल जीवन हो”

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मान्छेले बाँचुञ्जेल जति राम्रो काम गर्छ त्यति नै उसको जीवन सफल हुने बताउनुभएको छ ।

भैरहवामा दशकौँदेखि चिकित्सा सेवा दिँदै आउनुभएका डा निशाकिरण बस्यालको निधनको आठौँ दिन नेकपा रूपन्देही क्षेत्र नम्बर ३ को संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य भुसालले डा बस्यालले आफ्नो जीवनकालमा दुःखीगरीबका सेवामा दिनुभएको समय स्मरणीय रहने बताउनुभयो ।

उहाँ र उहाँका श्रीमान् डा रामप्रसाद बस्यालले रूपन्देहीका दुःखीगरीबको उपचारमा पु¥याएको योगदान अतुलनीय रहेको र त्यसको राज्यले कदर गरिरहने उहाँले स्पष्ट गर्नुभयो । मन्त्री भुसाल आजै काठमाडौँबाट भैरहवा आउनुभएको नेकपा क्षेत्रीय संयोजक हितराज पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.