एन आर एन न्युज

तीन सय बाढीपीडित परिवारलाई राहत दिँदै एनआरएनए

पहिलो चरणमा रु ८० लाख बराबरको राहत प्याकेज वितरण गर्दै

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक मनोज गोर्खालीले जानकारी दिनुभयो ।

“पूर्वमन्त्री रमेश लेखकको पहल र उहाँले बाढी प्रभावित क्षेत्रको पीडा झल्किने तस्बीर देखाएपछि तत्काल हाम्रो टोली पीडामा साथ दिन यहाँ आइपुगेको हो”, संयोजक गोर्खालीले भन्नुभयो, “पहिलो चरणमा रु ८० लाख बराबरको राहत प्याकेज वितरण गर्दैछौँ ।”

उहाँले पहिलो चरणमा पीडित बस्तीका अतिविपन्न समुदायका ३०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने जानकारी दिनुभयो । प्याकेजमा त्रिपाल, लत्ताकपडा, खाद्यान्नसहित प्रतिपरिवारलाई रु ३५ हजार बराबरको सहयोग हस्तान्तरण गरिन लागेको छ ।

एनआरएनएले राहत वितरणका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ । यहाँ एनआरएनएलाई सहजीकरण गरिरहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माधव जोशीले दोधाँरा–चाँदनी राहत लैजान स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताउनुभयो ।

“वनबासा पुल भएर राहत लैजान भारतीय पक्षसँग स्थानीय प्रशासनले समन्वय गरिरहेको छ”, उहाँले भन्नुभयो, “आजैदेखि राहत वितरण सुरु हुन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.