राजनीति
‘फुलकोर्ट’ वहिस्कार गरेका न्यायाधीशहरु छलफलमा
मन्त्रिपरिषद्मा आफ्नो हिस्सा खोजेको भनेर विवादित रहनुभएका प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाउनुभएको थियो । । यद्यपि फुलकोर्ट बस्ने, नबस्ने अन्योल छ । आज इजलास बस्ने सम्भावना पनि देखिएको छैन ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषय उठेपछि उहाँ दबाबमा हुनुुन्छ । प्रधान न्यायाधीश राणाले आइतबार नेपाल बार एसोसिएशनका पदाधिकारीहरुसंगको छलफलमा आफूले कसैलाई मन्त्री बनाउन नभनेको प्रष्टिकरण दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्