राजनीति

इजलाश वहिस्कार गरेका न्यायाधीशहरुको बैठक सकियो, भोलि प्रधान न्यायाधीशलाई भेट्ने

सत्ता साझेदारीमा हिस्सा खोजेको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका विषयमा बसेको सर्वोच्चका १३ जना न्यायाधीशहरूको बैठक सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

प्रधान न्यायाधीशका गतिविधिप्रति प्रश्न उठेपछि न्यायाधीशहरुले अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गरेको छ । उनीहरुले भोलि प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका न्यायाधीशहरुको बैठकमा केही न्यायाधीशले जबरालाई केही सुधार नगर्ने भएकाले भेट्नुको अर्थ नभएको धारणा राखेका थिए भने केहीले भने मुद्दाको फैसला गर्दा त आरोपित पक्षलाई आफ्नो धारणा राख्न दिइन्छ भने यति गम्भीर आरोपबारे जबराको पनि धारणा सुन्नुपर्ने मत राखेका थिए ।

भोलि सबै न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेट्ने छन् र आफ्नो धारणा राख्ने छन् । त्यसमा प्रधानन्यायाधीश जबराको जवाफ सुनेपछि फेरि सबै बसेर छलफल गर्ने र एउटा निर्णयमा पुग्ने सहमति न्यायाधीशरुबीच भएको छ ।

न्यायाधीशहरू आफ्नो बैठकमा केन्द्रित भएपछि सोमबारका सर्वोच्च अदालतका सबै इजलास प्रभावित भएको थियो । यसअघि आफूमाथिको संकटमोचनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार ‘फुलकोर्ट’ बोलाए पनि न्यायाधीशहरूले बहिष्कार गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button