राजनीति

प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह

मन्त्रिपरिषदमा हिस्सा खोजेको आरोप खेपिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बहिर्गमनको बाटो रोज्न चार पूर्व प्रधानन्यायाधीशहरूले आग्रह गर्नुभएको छ ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति प्रकाशन गरेर अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित गरेको भन्दै यसको उहाँ स्वयं जवाफदेही हुनुपर्ने बताउनुभएको छ ।

विज्ञप्तिमा उहाँहरुले प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनिकरण गर्न सघाउने र त्यसो नगर्ने हो भने विधायिकी हस्तक्षेप अर्थात संघीय संसदबाट महाअभियोग लाग्न सक्ने चेतावनी दिनभएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘सहकर्मीहरू बीचको विश्वास भत्कन दिनु, न्यायिक प्रकृया आफ्नो प्रकृति अनुरूप सुचारु राख्न कोशिस नहुनु, आफ्नो छविको कारण समग्र न्यायपालिकाले नै अपारदर्शी र अविश्वसनीयताको भार बोक्नुपर्ने परिस्थिति यथावत रहन नदिने हो र त्यसको स्वीकार्य समाधान अविलम्ब खोज्ने हो भने न्यायपालिका, कानुन प्रणाली, प्रजातन्त्र र राष्ट्रको लागि वर्तमान नेतृत्वले जो चाहिने त्याग गरेर भए पनि मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ’ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button