जन सरोकार

किन आउँछ मस्तिष्कमा चोट लागेपछि मानिसमा परिवर्तन

हामीले चलचित्रहरुमा देखेका छौं कि कुनै दुर्घटनाबाट मस्तिष्क मा चोट लागेका व्यक्तिले वितेको जीवन बिर्सने वा उसको आनीबानीमा पूरै परिवर्तन आउने गरेको छ । वास्तवमा त्यस्तो सम्भव छ कि छैन ? यो रहस्यको विषय बनिरहे पनि यो यथार्थ रहेको पुष्टि भएको अध्ययनहरुले देखाएको छ ।

सन् ८० को दशकमा एउटा दुर्घटनामा एक स्वार्थी चरित्र भएकी गोल्डी हन नाम गरेकी महिलाको मस्तिष्कमा चोट लाग्यो । यस घटनाले उनको व्यक्तित्वमा सकारात्मक परिवर्तन भयो– उनी निकै परिपक्व हुनुका साथै भौतिकवादी मानसिकताबाट टाढा भइन् ।

त्यस्तै ७० वर्षको उमेरमा मस्तिष्कको ट्युमरको समस्याबाट ग्रसित भएकी एक महिला (विरामी ३५३४) लाई लिन सकिन्छ । ५८ वर्षदेखि संगै रहेका उनका श्रीमानले ट्युमर हटाउनुअघि उनी निकै जिद्दी स्वभावकी थिइन् तर त्यसपछि उनी निकै सामाजिक भएकी थिइन् । यसको उदाहरण उनीमात्र होइनन् । यस्ता विरामीहरुको मानसिकतामा परिवर्तन आउनु एक यथार्थ हो ।

मस्तिष्क समस्याले मानसिकतामा परिवर्तन ल्याउन सक्छ भन्ने कुरा यथार्थ भए पनि साहित्यले यसलाई व्यक्तित्व हानीको रुपमा लिएको छ । यसको उदाहरणको रुपमा १९ औँ शताब्दीमा रेल्वे कामदार फिलियास गेजलाई लिन सकिन्छ । जसलाई उनका साथीहरुले “ऊ अब गेज रहेन” भनेर व्याख्या गर्दथे । यसको कारण एक दुर्घटनामा उनको टाउकोमा फलामले चोट लाग्दा उनी निकै आक्रोशित हुनु रहेको छ तर पछि भने उनको व्यक्तित्वमा सुधार आयो र उनले रथ हाँक्ने काम गर्न थाले । मस्तिष्कमा चोट लाग्दा सामाजिक अस्वस्थताका गेजजस्तै धेरै उदाहरण छन् जसलार्ई पागलको रुपमा हेर्ने गरिन्छ ।

केही वर्षअघि बिबिसि विश्व सेवाले प्रकाशन गरेको न्यूरोसाइकोलोजिया नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा यस्तो नकारात्मक चित्रण यस्ता घटनाको एउटा सानो अंश रहेको बताइएको छ । आयोवा विश्वविद्यालयका मनोविज्ञ मार्सी किङ्गको नेतृत्वमा रहेको एक समूहले गरेको एक अध्ययनले यो कुरालाई पुष्टि गर्दछ ।

पहिले स्वस्थ रहेका र मस्तिष्कमा चोट लागेका ९९ जनाको व्यवहारको अध्ययनमा २२ जनामा सकारात्मक व्यक्तित्व देखिएको थियो । बाँकीमध्ये ५४ जनामा नकारात्मक परिवर्तन देखियो भने बाँकीमा कुनै परिवर्तन भेटिएन । दुर्घटना अघि र पछिको उनीहरुको व्यक्तित्वका २६ आयामबारे उनीहरुका आफन्त र निकटका साथीहरुसंगको कुराकानीमा यी आँकडा आधारित रहेका छन् ।

विगतका अध्ययनले मस्तिष्कको विशेष भागमा चोट लाग्दा कहिलेकाहीँ सकारात्मक प्रभाव हुनसक्ने देखाएको छ । उदाहरणको रुपमा २००७ को भियतनामको युद्धमा बाँचेकाहरुमा गरिएको अध्ययनलाई लिन सिकन्छ । पोस्ट ट्रमाटिक स्टे«स डिस्अर्डर (पिटिएसडि) मा प्रभावकारी भुमिका खेल्ने मस्तिष्कको भाग (भावना र निर्णय लिने भाग) मा चोट लागेकाहरुमा गरिएको अध्ययनमा उनीहरुमा पिटिएसडि विकासको न्युन सम्भावना रहेको पाइएको थियो ।

यस्तै अध्ययनमा भावनाका लागि आवश्यक भागमा चोट लागेका विरामीहरु निराशावादी हुने सम्भाव्यता निकै कम हुने तथ्य भेटिएको थियो । यसको अर्को उदाहरणको लागि ३० वर्षीय व्यक्ति (विरामी २४१०) लाई लिन सकिन्छ । उनी मस्तिष्कको स्नायु समस्याबाट ग्रसित भएर अपरेशन गर्नुपर्ने आवश्यकता थियो । उनी उनकी श्रमतीले दुर्घटना पुर्व आफु निकै आक्रोशित हुने गरेको र पछि आफूमा निकै परिवर्तन आएको र अहिले निकै रमाइलो व्यक्ति भएको बताए ।

यो कस्तो परिवर्तन हो ? कसरी मस्तिष्क चोटले यस्ता अप्रत्यासित असर गर्न सक्छ ? विरामीले यस्ता व्यक्तित्व परिवर्तनमा लिङ्ग, उमेर, शैक्षिक स्तर वा बौदिकताले प्रभाव पार्दैन । तर यस्ता परिवर्तनको कारक चाँडै आवेशमा आउने जस्ता नकारात्मक बानी र मस्तिष्कको चोट लागेको भागको भुमिका रहेको फेला परेको छ । यसको उत्तर पत्ता लगाउन किङ्ग र उनका सहकर्मीले सबै विरामीको मस्तिष्क स्क्यान गरेर अध्ययन गरे । यसबाट उनीहरुले सकारात्मक व्यत्तित्व परिवर्तन देखिएकाहरुको मस्तिष्कको फ्रन्टल , बाइलेटरल फ्रन्टल क्षेत्रमा चोट लागेको देखियो । उक्त क्षेत्र अरु मान्छेको सोच बुझ्न र निर्णय लिनका लागि निकै महत्वपूर्ण हुन्छ ।

यस्ता तरिकाहरु निकै अनुसन्धनात्मक भएका केही प्रकाशकहरुले ध्यान दिनुपर्ने बताएका छन् । उनीहरुको प्रयासले मस्तिष्क विनास र व्यक्तित्वमा नतिजाको पद्धति पत्ता लगाउन सघाएको र भविष्यमा अनुसन्धानले कुन भाग कस्तो व्यक्तित्व परिवर्तनसंग सम्बन्धित छ भनेर पत्ता लगाउन सक्छ । यसका साथै केही विरामीमा सकारात्मक व्यक्तित्व परिवर्तन देखिए पनि मस्तिष्क चोटको गम्भिरतासंग खेलवाड गर्नुहुँदैन ।

गम्भिर मस्तिष्क चोटपटकबाट निको हुनु निकै दुर्लभ हुन्छ र बाहिरबाट हेर्दा विरामी निको भएको देखिए पनि भित्री रुपमा नयाँ सूचनाबारेको ज्ञान जस्ता लुकेका चुनौतिहरुको सामना गर्नुपर्ने अवस्था उत्पन्न हुनसक्छ । मस्तिष्क चोटले डिमेन्सिया (सोच्ने र याद गर्ने क्षमता घट्नु) जस्ता गम्भिर समस्यापनि निम्त्याउन सक्छ ।

त्यसैले मस्तिष्कको चोट लाभदायक व्यक्तित्व परिवर्तनतर्फ लैजान सक्नेजस्तो देखिन्छ । यद्यपी यसलार्ई मस्तिष्कको चोटको उपचारको अन्तिम विकल्पको रुपमा लिनुले अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (आफूले गरेका काम निरन्तर जाँच गर्नुपर्ने, निरन्तर कुनै कार्य दोहोर्याउन , धेरैपटक एकैनासको सोच आउनु) मनोवैज्ञानिक समस्या पनि निम्त्याउन सक्छ ।

यसले २० औ शताब्दीमा निकै जोशिला डाक्टर वाल्टर फ्रिम्यानको क्रुड फ्रन्टल लोबोटोमीको मानसिक सर्जरीको अँध्यारो इतिहासको याद गराउँछ । यद्यपी किङ्ग र उनका सहकर्मी आधुनिक पद्धतिले सुधारवादी समाधान र केही विरामीहरुमा आवश्यकता भन्दा बढी सक्रिय रहने स्नायुहरुको संजाल काटेर उपचारको विधि विकास गर्नेमा जोड दिन्छन् । निराशावादी सोचको विकास, भावना र चेतनासंग सम्बन्धित मस्तिष्कको फ्रन्टल क्षेत्र र अन्य स्नायुको संजालको आवश्यकताभन्दा बढिको जोडसंग सम्बन्धित रहेको कुराको तथ्य पनि रहेको छ ।

यसरी मस्तिष्कको कार्यलार्ई बङ्ग्याउन सकिनुले यसको चोटले कहिलेकाहीँ सकारात्मक परिवर्तनतर्फ उन्मुख गर्नसक्ने कुराको सुइँको पाउन सकिन्छ । किङ्गको व्यक्तित्व सुधारबारेको नयाँ अनुसन्धानमा उल्लेखित स्नायु सन्जाल र प्रभावित क्षेत्रलार्ई आधुनिक मस्तिष्क सर्जरीले लक्षित गरेको छ । यस्ता नयाँ तथ्यहरुले नकारात्मक भावना नियन्त्रण गर्नमा मस्तिष्कको सक्रियक्षेत्र लगायत अन्य अध्ययनका लागि व्यक्तित्वको स्नायुगत आधारमा अनुुसन्धानका लागि बाटो खोलेको छ । यस्ता स्नायु पद्धतिमा परिवर्तन गरेर मस्तिष्क चोटबाट लाभदायी नतिजा प्राप्त गर्न सकिन्छ भन्नु गलत हुनेछैन ।

तसर्थ मस्तिष्क चोटलाई निकै गम्भिरताकासाथ उपचार गरिनुपर्छ । केही लाभदायक पक्ष भए पनि चिकित्साको चित्रणमा यस्ता पद्धति सधैँ खतरा हुन सक्दछन् । साथै सकारात्मक व्यक्तित्व परिवर्तन स्वागतयोग्य भए पनि हामी कोहौँ भन्ने कुरा हाम्रो व्यक्तित्वमा झल्किन्छ भन्ने कुरा विर्सनु हुँदैन । व्यक्तित्व परिवर्तन विरामी तथा आफन्तका लागि अनौठो हुन्छ । चाहे त्यो सकारात्मक नै किन नहोस् । मस्तिष्कको चोटले के हुन सक्छ भन्ने कुरा हामीले सोचकोभन्दा निकै कठिन र आश्चर्यजनक भए पनि सकारात्मक व्यक्तित्व परिवर्तन सम्भव छ भन्ने कुरा यसले प्रष्ट पार्दछ ।

(नेपालजापान अर्काइभ)

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button