जापान

शाही घराना त्याग्नुअघि महासम्राटसंग राजकुमारी माकोको विदाइ भेट, आज विवाह

जापानको शाही घरानाबाट सामान्य नागरिकसंग विवाह गरी आम नागरिकको जीवन बिताउने तयारीमा रहनुभएकी राजकुमारी माकोले सोमबार महासम्राट अकिहितोसंग भेटघाट गर्नुभएको छ ।

विवाहको एकदिन अघि उहाँले महासम्राट आकिहितो र महासम्राज्ञी मिचिकोसंग विदाई भेट गर्नुभएको हो । राजकुमारी माकोले आफ्नो विश्वविद्यालयका सहपाठी प्रेमी कोमुरो केइसंग विवाह गर्नलाग्नुभएको हो ।

जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उहाँहरूको विवाह तय भएको यसअघि नै सार्वजनिक गरिसकेको छ ।

विवाहपछि नवदम्पती अमेरिकामा बस्ने बताइएको छ कोमुरो अमेरिकामा कानुन व्यवसायीको काम गर्दै आएका छन् ।  माको महासम्राटको जेठी नातिनी हुनुहुन्छ । विवाहपछि उहाँ शाही घराना त्यागेर सामान्य नागरिकको जीवन बिताउनुहुनेछ ।

सन् २०१७ इन्गेजमेन्ट गरेको यो जोडीले त्यसको एक वर्षपछि सन् २०१८ मै विवाह तय भए पनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक सङ्कटका कारण विवाह सारिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button