राजनीति

‘परमादेश’ दिने सबैले राजीनामा दिनुपर्छ : ओली

पूर्व प्रधानमन्त्री तथाप्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मात्र राजीनामा मागेर अरु न्यायाधीशहरुलाई जोगाउन नसकिने बताउनुभएको छ ।

संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा मागिरहेका बेला अध्यक्ष ओलीले परमादेश दिने सबैले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

मंगलबार पार्टीको ७ सय ५३ पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै एमाले ओलीले न्यायाधीशहरुले नै सर्वोच्चको मान मर्नन गरेको बताउँदै अध्यक्ष ओलीले परमादेशको फैसला गर्ने संवैधानिक इजलासमा रहेका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभयो ।

कसले के–के गरेको थियो न्यायाधीशहरु आफैंले उधिन्न थालेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो पाँचै जनाले परमादेश गर्नुभएको थियो भने एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमान ज्यूहरु ?’

अध्यक्ष ओलीले थप भन्नुभयो, ‘पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पुर्याउनु भएको छ त, पाँचै जनाले रानीनामा गरे उपयुक्त होइन र ?

सर्वोच्च अदालतले गरेको संसद विघटन मुद्दाको फैसलालाई आफूहरुले उहिल्यै दूषित भनेको भन्दै अध्यक्ष ओलीले अहिले न्यायाधीशहरुले नै विवादित भन्न थालेको टिप्पणी पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button