जापान

सर्वसाधारण युवकसँग सामान्य प्रक्रियामा बिवाह गरी राजकुमारी माको दरबारबाट बाहिर

जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गर्नु भएको छ । विवादका बीच उहाँले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिनु भएको छ ।

त्यसअघि उहाँले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गर्नु भएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नु भएको थियो ।

जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उहाँले सर्वसाधारणसँग विहे गरेसँगै उहाँको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो । उहाँहरुको मगनी गत सन् २०१७ मा भए पनि बिवाहको मिति तय भएको थिएन ।

जापानका राजा नारुहितोकी ३० बर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गर्नु भएको हो । उहाँका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आउनु भएको हो । बिवाहपछि राजकुमारी माको पनि अमेरिका जानुहुने भएको छ ।

उहाँहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन् भने उहाँले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग्नु भएको छ ।

यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उहाँहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो ।

विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।

शाही घराना त्याग्नुअघि महासम्राटसंग राजकुमारी माकोको विदाइ भेट, आज विवाह

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.