जापान

सीबी कर्पोरेसन जापानको पहिलो शाखा ओकूबोमा सुरु

सीबी ग्रुपद्वारा संचालित सीबी कर्पोरेसन जापानको पहिलो शाखा ओकूबोमा सुरु भएको छ । चार वर्षदेखि सीबी ट्राभल्स एण्ड टुर्सबाट आफ्नो व्यबसायिक यात्रा सुरु गरेको सीबी ग्रुपले छोटो समयमै आफ्नो सेवालाई विस्तार गरिरहेको छ ।

सीबी अनलाईन शप सुरु गरेको ग्रुपले हाल सीबी कर्पोरेसन जापान मार्फत आफ्ना सेवाहरु विस्तार गरिरहेको ग्रुपका अध्यक्ष महेन्द्र चोखालले जानकारी दिनुभयो । हाल मोबाइल रिपेरिङ सेण्टर, मोबाइल तथा ल्यापटप बिक्री वितरण, हवाई टिकेटिङ, रेमिट्यान्स, अनलाइन शपिङ लगायतका सेवाहरु प्रवाह गर्दै आइरहेको छ ।

सीबी कर्पोरेसनको मुख्य कार्यालय नेपालमा रहेको छ भने जापानको मुख्य कार्यालय टोकियोको कोएन्जीमा रहेको छ । नेपाली तथा विदेशी नागरिकलाई सेवा प्रवाहमा सजिलो होस भनी ओकूबो शाखा सुरु गरिएको प्रबन्ध निर्देशक सन्तोष चोखालले बताउनु भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.