एन आर एन न्युज

एनआरएनएद्वारा बाढी पीडितलाई राहत वितरण

बिगत केही दिन अघिको बेमौसमी अत्याधिक भारी बर्षाको कारण कञ्चनपुर जिल्ला महाकाली नदीमा आएको बाढीले विस्थापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)बाट राहत सामग्री हस्तान्तरण गरिएको छ ।

एनआरएनएले प्रतिपरिवार ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला, १ थान त्रिपाल, २ थान म्याट, २ थान ब्लङकेट, १ थान बाल्टी, १ थान जग, दैनिक प्रयोग हुने लत्ताकपडा र छाता वितरण गरेको छ ।

कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले प्रभावित क्षेत्रमा पुगेर राहत हस्तान्तरण गर्दै उहाँले जहिले पनि मातृभूमिमा आपत विपत परेको बेला विश्वभरीका गैरआवासीय नेपालीहरुले भौतिक तथा आर्थिक रुपमा सहयोग गर्दै आएको बताउनु भयो ।

यस माननवीय कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने विश्वभरका गैरआवासीय नेपालीहरु लगायत सम्पुर्ण माहानुभाबहरुमा गैरआवासीय नेपाली संघको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्नु भयो ।

राहत हस्तान्तरण कार्यक्रमका संयोजक तथा मध्यपूर्व क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), माननर्थ परिषदका सदस्य तथा राहत कार्यक्रमका उपसंयोजक धर्मराज गिरि, राष्ट्रिय समन्वय परिषद क्यानाडा प्रतिनिधि तुला भट्टचन, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवरको सहभागिता थियो ।

त्यस्तै एनआरएनए राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाबाट नवीनराज जोशी, स्वयंसेवक प्रदिप खनाल, स्वयंसेवक सञ्जु श्रेष्ठ लगायत विभन्न महानुभावहरुले यस कार्यक्रममा सकृय सहभागीता जनाउनु भएको थियो ।

राहत वितरणमा पूर्व श्रममन्त्री रमेश लेखक, स्थानीय निकायका जनप्रतिनिधिहरु, कञ्चनपुर जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, कञ्चनपुर जिल्ला प्रशासन कार्यलय साहयक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको सहभागिता थियो ।

त्यस्तै दोधरा चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनार, भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्ट, उद्योग बाणिज्य संघ कञ्चनपुरका पूर्व उपाध्यक्ष माधवराज जोशी, संचारकर्मीहरु, सुरक्षाकर्मीहरु तथा स्थानीय बासीन्दाहरुले सहजीकरण तथा सहयोगीको भूमिका निर्वाह गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button