राजनीति

परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्नु गैरजिम्मेवार तर्क : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति आक्रोशित हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराउनुभयो ।

नेपाल तरुण दलले बुधबार प्रधानमन्त्री निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने स्पष्ट पार्दै अदालतको बारेमा धेरै बोल्न नमिल्ने पनि बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क गर्दै परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित नहुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठन गजेन्द्र हमाल कांग्रेसकै पार्टीको मान्छे भए पनि बिरोधका कारण मन्त्रीपदमा बस्न नसक्ने भएपछि राजीनामा दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.