जन सरोकार

सशस्त्र प्रहरी प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई सम्पर्क गर्न मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np रहेको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दिइएको हो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सोे जिम्मेवारी बुझ–बुझारथ गर्नुभएको हो ।

त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती हार्दिक आभार प्रकट गर्नुभयो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उहाँहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल विश्व शान्तिका लागि विभिन्न युएन मिशनहरुमा विदेशमा रहेर तथा देशका ७७ वटै जिल्लाका विभिन्न ठाउँहरुमा अहोरात्र परिचालित रहि शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमामा हुने विभिन्न प्रकृतीका अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा निकासी नियन्त्रण, आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ, विभिन्न समयमा भएका विपद् जन्य घटना तथा दुर्घटनाहरुमा परेका पीडित नागरिकहरुको उद्धार कार्य लगायत विभिन्न निकाय तथा आम नागरिकहरुसँग समेत हातेमालो गर्दै विविध कार्यसम्पादनमा क्रियाशिल रहिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button