जापानसूचना/प्रविधि

जापानमा बन्यो उड्ने बाइक, मूल्य सवा आठ करोड रुपैयाँ

विज्ञान र प्रविधिको क्षेत्रमा अग्रणी मुलुक जापानमा उड्ने मोटरसाइकल निर्माण भएको छ । जापानको एएलआई टेक्नोलजीजले विद्युतबाट चल्ने होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको हो ।

झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ मूल्य राखिएको सो मोटरसाइकल बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको छ । एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ ।

प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्यटरीजडित चारवटा मोटरहरू छन् । एकचोटि चार्ज गरेपछि यो बाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्नसक्ने जनाइएको छ ।

तर जापानको विद्यमान कानुनले देशका व्यस्त सडकमाथिबाट उड्न अनुमति दिँदैन । यद्यपि कातानोले अहिलेका लागि उद्धारकार्यमा खटिने टोलीहरूले दुर्गम स्थानमा पुग्न ती उड्ने बाइक प्रयोग गर्न सक्ने अपेक्षा गरेका छन् ।

मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता रहेको कम्पनीकोआगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने  लक्ष्य छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button