प्रदेशबागमती

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

गठबन्धनका समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

पाण्डे नेतृत्वको प्रदेश सरकारमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्नुभएको छ । उहाँहरुले पनि शपथ लनुभएको छ ।

बुधबार अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button