जापानले दियो एकसय १४ थान अक्सिजन जेनेरेटर
जापान सरकारले नेपाललाई थप १ सय १४ थान ‘अक्सिजन जेनेरेटर’ उपलब्ध गराएको छ । जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्दै आएको छ । गत साउनमा उसले १६ लाख मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो ।

काठमाडौंस्थित जापानी दूतावासले का नियोग उपप्रमुख योशिओका युजोले नेपालका अस्पताललाई सहयोग गर्न थप अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै जापानले उपलब्ध गराएको स्वास्थ्य उपकरणले नेपालमा धेरैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको उक्त दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
जापानले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइँमा २५ थान रगत ग्यास विश्लेषक, २५ वटा ‘पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम’, ६ वटा एम्बुलेन्स र २७४ वटा अक्सिजन जेनेरेटरलगायत चिकित्सा उपकरणहरू उपलब्ध गराइसकेको छ ।
कोभिड–१९ को खोप प्रभावकारी ढुवानी गर्ने अर्को परियोजना युनिसेफसँगको ‘लास्ट वान माइल’ कार्यक्रमअन्तर्गत अपेक्षित रहेको उक्त दूतावासले जनाएको छ ।
दूतावासले कोभिड–१९ महामारीको अन्त्य भई नेपाल सरकार र विकास साझेदारहरूसँग मिलेर नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न र कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थानमा पुनः फर्काउन तत्पर रहेको बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्