जन सरोकार

ट्याङ्की खन्दा भेटियो ऐतिहासिक सम्पदाका अवशेष

ऐतिहासिक नगर भक्तपुरको एक विद्यालयमा पानी ट्याङ्की खन्ने क्रममा ऐतिहासिक सम्पदाका अवशेष भेटिएको छ । भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा सो अवशेष फेला परेको हो ।

पानी ट्याङ्की खन्ने जमिनको सतहबाट साढे छ फिटमुनि ट्याङ्की खन्दा मल्लकालिन ईटा (टेपु ल्हाँ, चिकं अप्पा (तेलीय इँटा), फ अप्पा, दाँची अप्पा)ले बनाइएका पेटीलगायत पुरातात्विक भवनका अवशेष भेटिएको हो ।

भेटिएको उक्त स्थानको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले अवलोकन गर्नुभएको छ । नगरप्रमुख प्रजापतिले उक्त विद्यालयका विद्यार्थी तथा प्रअ सर्जनी जोशीसँग भेट गरी तत्कालका लागि ट्याङ्की बनाउन र अन्य संरचना निर्माण नगर्न निर्देशन दिनुभएको छ ।

भेटिएका पुरातात्विक अवशेषको विज्ञद्वारा अनुसन्धान गराउनाका साथै सम्पदा संरक्षणका लागि निर्माण कार्यलाई रोक्न आग्रह गरिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button