समाचार

थप ५४९ जनामा कोरोना सङ्क्रमण, ५६९ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र रहेको छ ।

पछिल्लो २४ घण्टामा ५६९ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९० हजार ३५८ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

छजनाको मृत्यु

यसैगरी आज कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ हजार ३८८ जनाको मृत्यु भइसकेको छ । होम आइसोलेसन नौ हजार ३७९, संस्थागत आइसोलेसनमा ७७२, सघन उपचार कक्ष (आइसियु)मा २४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन् ।

आज एक लाख २५ हजार ५२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ६२ हजार २५० जना पहिलो मात्रा र ६९ लाख ८४ हजार १५७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.