राजनीति

प्रधानन्यायाधीश राणालाई बारको पाँचदिने अल्टिमेटम

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दैआएको नेपाल बार एशोसिएसनले प्रधान न्यायाधीशलाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिंदै आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार बसेको बारको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दवाव दिने उद्देश्यले आइतबारबाट सर्वोच्च अदालतमा धर्ना लगायतका आन्दोलन घोषणा गरेको छ ।

आन्दोलन कार्यक्रम अनुसार आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय रहेको छ ।

यसै गरी बार एशोसिएसनले सर्वोच्चका अरु न्यायाधीशहरुले इजलासमा बसेर मुद्दा नहेरिरहेका इजलासमा बसेर आदेश वा फैसला नगर्न जबरासँग माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button