जन सरोकार

भारतीय नागरिकलाई नागरिकता दिन सिफारिश गर्ने वडाध्यक्षसहित तीनजना पक्राउ

एक भारतय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन सिफारिश गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ

समाचार अनुसार वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेका थिए । उनले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर भारतीय नागरिक अन्सारीलाई सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भारतीय नागरिक अन्सारीले एक लाख दिएर चौधरी परिवारको सदस्य बनेका थिए । टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु बनेका खुसीराम चौधरी र भाउजू भनेकी गीता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन् । पक्राउ परेका तिनै जनालाई ्हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.