राजनीति

सरकार स्वतन्त्र न्यायालयको पक्षमा

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा सर्वोच्चका न्यायाधीश र कानुन व्यवसायीहरु आन्दोलित भैरहेका बेला सरकारी धारणा अहिलेसम्म आएको छैन । यसबीचमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताउनुभएको छ ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध छ भन्नुभयो ।

वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । उहाँले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.