राजनीति

कांग्रेस बुढो भो, महाधिवेशन गर्ने क्षमता पनि छैन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेस बुढो भएर सिथिल बनेको भन्दै पाँच वर्षमा गर्नुपर्ने महाधिवेशन गर्ने क्षमता नै नभएको टिप्पणी गर्नुभएको छ ।

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो ‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।’

कार्यक्रममा उहाँले एमालेले असोज १५–१७ मा विधान महाधिवेशन गरेको र मंसिरमा असाधारण जनउपस्थितिका साथ महाधिवेशन हुनेछ । एमालेको क्षमता देखेर दुनियाँ आश्चर्यचकित हुने बताउनुभयो ।

आफ्नो सम्बोधनमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल र सभामुख अग्निप्रसाद सापकोटाको कार्यक्रममा चर्को आलोचना गगर्नुभएका अध्यक्ष ओलीले एमालेलाई समाप्त गर्न नसक्ने भन्दै नेपाललाई दौडधूपमा लाग्न छाडेर घरमा आराम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button