जल/वातावरण

२ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन् ।

निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएका छन् । योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

सम्बन्धित खबर

Back to top button