प्रदेशसुदूरपश्चिम

हिजोको शिक्षा प्रणाली आज काम लाग्दैन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिजोको शिक्षा प्रणली आज काम नलाग्ने भन्दै समयसापेक्ष शिक्षा प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल प्रध्यापक सङ्घको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शनिबार धनगढीमा आयोजित ‘रिसर्च मेथोडोलोजी टेर्निङ’ र नेपालमा उच्च शिक्षाको अवस्था र चुनौती तथा सामदायिक क्याम्पसहरुको अवस्था र चुनौती विषयक गोष्ठीको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले समय सान्दर्भिक शिक्षा प्रणालीलाई रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

“जुन प्रकारको शिक्षा दिइरहेका छौँ, त्यो शिक्षा हिजो कुनै समयमा काम लागेको थियो, किनभने त्यो अवस्थामा प्रविधिको विकास कम भएको थियो, चाहना कम थिए र आवश्यकता कम थिए । त्यसकारण त्यो काम लागिरहेको थियो”, उहाँले भन्नुभयो, “तर आज हामी त्यो भन्दा फरक तरिकाले प्रस्तुत हुन र रुपान्तरण गर्न सकेनौँ भने परिणाम दिन सक्दैनौँ ।”

मुख्यमन्त्री भट्टले पढिसकेपछि अथवा डिग्री गरिसकेपछि लोकसेवा पास गर्ने र जागिर गर्ने मात्रै हाम्रो पढाइको मिसन रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षामा व्यवसाय पनि गर्नुपर्दछ र त्यो व्यवसायलाई अगाडि बढाउनु पर्दछ, सानैबाट सुरु गरे पनि अगाडि बढ्न सक्छौँ भन्ने हाम्रो प्रणालीमा ध्यान हुँदैन ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button